राजनीतिक

‘साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ’ – रामकुमारी झाँक्री

झलनाथ खनाल-माधव नेपाल पक्षलाई बेवास्ता गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व तहमा गरेको हेरफेरपछि नेकपा एमालेभित्र पुनः विवाद चर्किएको छ।

केपी ओलीको कदमविरूद्ध नेकपा एमालेका अधिकांश नेताहरुले एकअर्काको आलोचना गरिरहेका छन् । एमालेकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेर कडा चेतावनी दिएकी छन्। उनले अब जिन्दगीको अन्तिम र निर्णयाक आन्दोलन हुने बताएकी छन्।

‘जे भइरहेको छ यो एकदमै गलत हो। विधानविपरीतको यो ज्यादती हो। कम्युनिस्ट आन्दोलनको विसर्जन हो,’ उनले लेखेकी छन्, ‘तर, हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं। यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ। साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’

One Reply to “‘साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ’ – रामकुमारी झाँक्री

  1. 62-63 ma nirnayak bhanera ,Ghar bata kathmandu padna gako santan haru milera aandolan garyau..Tara aja samma aaipugda master,bikashe jagir ko jagir haru neta ko aksham aafanta le matra paye.janata ka santan lie pratispardha ma samma utrena payenan.tanpai haru lie pad ma tinai aandolan ko uplabdhi sworup pathaiyeako ho.. aba pheri yanha haru lie pad ma puryauna ,,hami anfai mathi haikam chalauna ,,,puna galti garidaina…kaslie liyera ,kasko netritwaliyera k garnu parcha garnush hajur..bho pugyo mitho sapna nadekhaunush,

Leave a Reply

Your email address will not be published. Required fields are marked *