स्वास्थ्य

फिस्टुला कस्तो रोग हो, यसका रोगीले के खाने के नखाने ?

काठमाडौँ। फिस्टुला महिलालाई हुने एक धेरै पीडादायी रोग हो । फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ। लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, र तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ।

फ्रान्सका डा. हुवर्ड भन्छन्, “बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्यो र तोकिएको मितिभन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल प¥यो भने यस्तो समस्या आउँछ।”

समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्। यो गुप्तांगमा हुने रोग हुनाले प्रायः महिलाहरुले आफन्त वा विशेषज्ञसँग परामर्श लिन हिचकिचाउने गर्छन।

फिस्टुला बिरामीले के खाने ?

अन्नमा – पुरानो चामल, गहुँ, जौ

दालमा – रहरी, मूँग दाल, मुसुरो

फलफूल र तरकारीहरूमा – हरियो सागशब्जी, लौका, मेवा, पर्वल, तिते करेला, फर्सी, मौसमी फलफुल, बेथुको साग, लट्टेको साग, अम्बा, केरा, स्याउ, अमला, काँक्रो, मुलाको पात, मेथीको साग, तरुल र अन्य रेशादार सागशब्जी।

अन्यः हल्का भोजन, शुद्ध घ्यु, बिरे नुन, र अत्याधिक पानी पिउने बानी बसाउनु पर्छ।

के नखाने ?

अन्नः मैदा, नयाँ चामल

दालः मटर, कालो दाल, चना दाल

फल र तरकारीहरूः आलु, क्याप्सिकम, कटर, बैगुन, आरु, काँचो आँप, मालपुआ अन्यः तिल, सक्खर, समोसा, परौठा, चाट, पापड, नयाँ चामल, अमिलो तथा मसालेदार खाना, मदिरा, सुख्खा तरकारी, मालपुवा, छोला, राजमा, सोयाबिन, चना, मटर, फास्ट फूड, आइसक्रीम, चिल्लो खाना, अचार, अत्याधिक नुन, कोल्ड ड्रिंक्स, बेकरी उत्पादन, जंक फूड लगायतका अन्य खानेकुरा खानु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *