रोचक

काठमाडौंमा भएको यो अनौठो अनि कहालीलाग्दो घटना, युवतीले यसरि फन्दामा पारिनकी अघि यो दृश्य हेर्दा होस् उड्यो युवकको

काठमाडौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ । एक युवतीलाई सहयोग गर्ने भन्दै लिफ्ट दिँदा सिन्धुली कमलामाई नगरपालिका २ का भोलाबहादुर जर्घामगरले नसोचेको घटना भोग्नु परेको छ ।

गत साउन ८ गते उनले एक युवतीलाई रत्नपार्कवाट कलंकी जान भनेर युवतीलाई लिफ्ट दिएका थिए । एक्लै मोटरसाइकलमा भएका उनले युवतीको आग्रह नकार्न सकेनन् । रत्नपार्कवाट उनलाई मोटरसाइकलमा राखेर कलंकी सम्म लिएर गए ।

तर कलंकी पुगेपछि पनि ति युवती मोटरसाइकलवाट ओलिएनन् । उनले आफुलाई चोभार लगिदिनु भनेर फेरी आग्रह गरेपछि उनी चोभार तर्फ लागे । तर चोभारमा आफुमाथि के हुँदैछ भन्ने कल्पना पनि भोलाले गरेका थिएनन् ।

चोभार पुग्दा युवतीले अन्य दुई युवालाई पहिले नै बोलाएकी रहिछन् । उनी त्यहाँ पुगेपछि भोलालाई कब्जामा लिए । उनीसंग भएको नगद पैसा, मोलाइल र ६ तोला सुन समेत लगे । ति युवती पनि उनै युवाहरुको साथमा फरार भइन् । एकै छिनमा लुटिएका उनी त्यहाँवाटै महानगरीय अपराध महाशाखामा पुगेर उजुरीदिए । प्रहरीले घटना भएको यति लामो समय पछि एक जनालाई पक्राउ गरेको छ । युवती र अन्य एक जना युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका(३ घर भई काठमाडौं स्युचाटार बस्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *